एजेन्सी
२७ मंसिर, काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन्।
वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे। यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनकोे पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन्।
तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्याएका छन्। ‘अमेरिका अहिले पनि इजरायलसँगै छ। अमेरिका मात्र होइन युरोपेली संघसहित विश्वको अधिकांश हिस्सा छ’, बाइडेनले भने, ‘तर अन्धाधुन्ध बमबारीले उसले समर्थन गुमाइरहेको छ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि भूमि युद्धका साथै हमासलाई ध्वस्त पार्ने र बन्धकहरूलाई फिर्ता गर्ने लक्ष्यका लागि अमेरिकाको पूर्ण समर्थन रहेकोे दाबी गरेका छन्। उनले पटकपटक गाजामा युद्ध रोक्न आएको अन्तर्राष्ट्रिय दबाबलाई अमेरिकाले अवरुद्ध गरेको दाबी गरे।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा युद्धविरामको प्रस्ताव पनि अमेरिकाले भिटो प्रयोग गरी असफल बनाएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया