२९ मंसिर, काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन्।
शुक्रवार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाललाई एजुकेशनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे।
उनले शिक्षा विधेयक ल्याउन प्रसव पीडा भोग्नुपरेको बताए। उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरूसँग छलफल गरी संसदीय समितिमा रहेको बताए। उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताए।
मन्त्री गुरुङले भने, ‘नेपाललाई एजुकेशनल हब बनाउन सके यहीँ आउँछन्। गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थी यहाँ आउँछन्। कहिलेकाहीँ उनीहरूका अभिभावक पनि आउँछन्। त्यसले देशलाई माथि उठाउने काम गर्ला नि। यसतर्फ हाम्रो ध्यान जानुपर्छ। शिक्षा विधेयक ल्याउन गाह्रो भइरहेको छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया