काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब छापा सञ्चारमाध्यम चल्न नसक्ने स्पष्ट पारेकी छन्।
आइतवार काठमाडौँमा द राइजिङ नेपालको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनँले यस्तो बताएकी हुन्। उनले समाचारमा आधारित भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन्।
उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताइन्। सूचना जनतासमक्ष लैजाने एउटा पाटो भए पनि जनताका कुरा र गुनासा सकारसम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन्। मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णय पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन्।
उनले भनिन्, ‘अहिले आउँदा प्रिन्टेड मिडिया विगतमा कुन सन्दर्भमा स्थापना भयो। कसरी अघि बढ्दै गयो र आज हामी कुन ठाउँमा छौँ भन्ने राम्ररी समीक्षा नगर्ने हो भने हामी बाँच्न गाह्रो छ। अहिले सूचना प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तन हेरेर हामी अघि बढ्न जरुरी छ। सरकारले गरेका काम जनतासमक्ष लैजाने र जनताले चाहेका कुरा सरकारसम्म ल्याउने काम गर्नुपर्छ। सरकारले गरेका कामका गुनासालाई व्यवस्थित ढंगले सरकारसमक्ष ल्याउनुपर्छ। हाम्रो प्रिन्टेड मिडिया चल्दै आयौँ, त्यसरी अब चल्न सक्दैन।’
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए। उनले समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौती अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको पनि बताए। उनले समाचारका लागि २४ घण्टा किन? अहिलेको चुनौती रहेको बताए।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नागरिकले के चाहन्छन् भन्नेकुरालाई बुझ्न सकेन भने पत्रकारिताको अस्तित्व संकटमा पर्नसक्ने बताए। उनले पत्रकारितामा प्रविधिको विकास अनिवार्य रहेको र प्रविधिको विकास चुनौती मात्रै नभई अवसर पनि भएको बताए। उनले पत्रकारका उत्पादनलाई नागरिकमा लैजान र सहज विस्तार गर्न प्रविधि आवश्यक रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया