Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

राजसंस्था र हिन्दु राष्ट्रको माग अवैधानिक होइन भन्ने स्थापित गरायौँ : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु अवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गरेका छन्।

आइतवार काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनःस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको स्पष्ट पारे।

अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि जानकारी गराए। उनले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रूपमा स्थापित गराउने काम समेत भएको बताए।

अध्यक्ष लिङदेनले भने, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रूपमा स्थापित गर्न सफल भयौं। यति मात्रै पर्याप्त छैन। हामीले गर्नुपर्ने थुप्रै काम र जिम्मेवारी छन्। नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनःस्थापनाको कुरा गर्नु, संघीयता खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्यअनुरूपको विधान निर्माण गर्नु अवैधानिक होइन भन्ने स्थापित गर्न हामी सफल भएका छौं।’

अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रगमनको बाटो तय गर्दै अघि बढेको दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP