१५ पुष, जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्यका लागि ७ जनाको नाम प्राथमिकता निर्धारण गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएका छन्।
पार्टीको प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा जनकपुरधाममा बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेशी, समानुपातिक तथा बैठकमा सहभागी सदस्यहरूको सुझावलाई ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको कांग्रेस मधेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नीतेशकुमार गुप्ताले बताए।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा धनुषाका आनन्दप्रसाद ढुंगाना, बाराका फरमुल्लाह मन्सुर, सर्लाहीका नागेन्द्र कुमार, बाराका राधेचन्द्र यादव, महोत्तरीका रामचन्द्र तिवारी, पर्साका रजिन्द्रबहादुर अमात्य र रौतहटका हृदयनारायण यादवको नाम सिफारिस गरिएको हो।
जिल्लाहरूबाट सिफारिस भएर आएको नामावली र मधेश कार्यालयमा आफैँ उपस्थित भई दर्ता गराइएको नामावलीमाथि विचार गर्दै वरिष्ठता, समावेशिता र पार्टीमा दिएको योगदानको मूल्यांकन गर्दै नाम सिफारिस गरेको गुप्ताले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया