विराटनगर : प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुनः नामकरणका बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
संघर्ष समितिले आज (सोमवार) मुख्यमन्त्री कार्यालयमै पुगेर मुख्यमन्त्री कार्कीलाई पुनः नामकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
कोशी नाम खारेजका लागि आन्दोलन भएको १० महिना बितिसक्दा पनि जिम्मेवार राजनीतिक दलहरु, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा सदस्यहरु जनधनको क्षति नहोस् भनेर सचेत हुनुपर्ने भए पनि केही दलका नेताहरु उल्टै जनतालाई चिढ्याउन लागि परेको आरोप लगाउँदै उनीहरुले यो संकेत प्रदेशको लागि राम्रो नभएको बताएका छन्।
प्रदेशसभा नियमावली संशोधनमार्फत हटाएको नामसम्बन्धी प्रावधान थप गरी समन्वयात्मक भूमिका खेल्दै इतिहास, भूगोल र सभ्यताको सम्मानका लागि पहिचानका आधारमा पुनः नामाङ्कन गर्न मुख्यमन्त्रीसमक्ष संघर्ष समितिले आग्रह समेत गरेको छ।
आन्दोलनलाई बेवास्ता गरे मुक्तिका लागि संघर्ष अनिवार्य रहेको बताउँदै जनताको भावनाविपरीत जबर्जस्ती कोशी नाम टिकाउन लागिएमा संयुक्त संघर्ष समिति चाँडै निर्णायक आन्दोलनमा जान बाध्य हुने पहिचानसहितको प्रदेश १ पुनः नामांकन अभियान समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले बताए।
प्रदेशको नाम कोशी खारेजीको आन्दोलनका कारण पहाडी जिल्लाहरुमा जनताले कालो झण्डा प्रदर्शन, बन्द हड्ताललगायत विभिन्न प्रकारका घटना भइरहेको र यो समस्या समाधान नभएसम्म मुख्यमन्त्री तथा मन्त्रीहरुका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८२ सांसदहरुलाई कुनै पनि कार्यक्रममा सहभागीता नजनाउन आग्रहसमेत थेगिमले गरेका छन्।
उनले, ‘जनताले कालो झण्डा प्रदर्शन मात्र गर्दा तपाईंहरुको आत्मसम्मानमा ठेस पुग्छ,’ उनले भने, ‘नामका कारण आन्दोलन चर्किएको छ‚ त्यसैले मुख्यमन्त्रीज्यु स्वयम् पनि कुनै पनि औपचारिक कार्यक्रममा सहभागिता नजनाउनु हुन अनुरोध गर्दछौँ।’
मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण पत्र बुझ्दै आन्दोलनलाई दमन नगरी सुरक्षा दिइने बताए। आन्दोलन कमजोर बनाउनेतर्फ अगाडि नबढ्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले संविधान कम्जोर बनाउने अभियानमा नगई संविधानको रक्षा गर्दै यसैमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिए। आन्दोलनलाई निषेधभन्दा पनि वार्ताबाट नै समाधान गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया