काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन्।
सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताए। उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए। उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको पनि दावी गरे। घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन। म त्यो दिन दोलखामा थिएँ। म अहिले सबै भन्न चाहन्न। केही गम्भीर लागेको छ, सामान्य छैन। त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने लागेको छ।’
उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए। उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने बताए।
प्रचण्डले भने, ‘त्यो गाडी जलाउने वेला मन्त्रीलाई नै भित्रै जलाउनुपथ्र्यो, छोडेछन् भन्ने के भाष्य हो? आज मैले आज एउटा न्युज हेरेँ शेरबहादुरजी, मेरो र केपी ओलीको। यिनलाई गोली ठोकेर टाउको काटेदेखि म २०÷२० लाख दिन्छु भन्ने प्रचार भइराखेको छ। के भाषा हो? के संस्कार हो? लोकतन्त्रमा यस्तो हुन्छ र? जनतालाई निराशा बाँड्ने। अँध्यारो बाहेक देशमा केही छैन भन्ने कोही राष्ट्रवादी हुन सक्दैन।’
प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई अपील गरे। उनले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको पनि बताए।
प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालीन नेताहरू कुनै न कुनै रूपमा विपी कोइरालाकै स्कुलिङबाट दीक्षित भएका बताए। उनले विपी कोइरालालाई नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्वको रूपमा चित्रण पनि गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया