Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

राष्ट्रिय सभामा ख्यातिप्राप्त व्यक्ति पुर्‍याउने देखिँदैन : गगन थापा

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले ख्यातिप्राप्त व्यक्तिहरु राष्ट्रिय सभामा पुर्‍याउने बहस नहुने परिस्थिति बनेको बताए ।

राष्ट्रिय सभाका रिक्त पदका लागि हुने निर्वाचनमा छलफलमा जुटिरहेका थापा भन्छन्,‘निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदै गर्दा यस्तो कुराहरु आफैं हराउँदै जाने रहेछ ।’

पार्टी र देश पूर्व प्रधानमन्त्रीहरुको नियन्त्रणमा देश चलिरहेको थापाले बताए । ‘मैले पढेको र भाइब्रेन्ट डेमोक्रेसी भएको देशमा भूतपूर्व प्रधानमन्त्रीहरु यतिधेरै राजनीतिमा क्रियाशील मलाई थाहा छैन,’ महामन्त्री थापाले भने । पूर्व प्रधानमन्त्रीहरु यति लामो समय क्रियाशील हुनु राजनीतिकको दुखद पक्ष भएको थापाले टिप्पणी गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP