Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

एमालेसँगको निकटताले गठबन्धनमा कुनै असर गर्दैन : प्रचण्ड

१९ पुष, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले एमालेसँगको निकटताले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पूरै समय टिक्ने दाबी गरे।

सदन सुचारु गर्न, विधेयकहरु अघि बढाउन, शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले प्रतिपक्षी एमालेलाई पनि समेटेर अघि बढ्न खोजिएको उनको भनाइ थियो।

‘गठबन्धन के होला भनेर सोच्नै पर्दैन, यो सानो दुःख, सानो संघर्षले बनेको गठबन्धन होइन। यो पूरै अवधि जान्छ। यसमा कुनै आशंका गर्नु जरुरी छैन।’ राष्ट्रियसभा निर्वाचनमा एमालेलाई केही सिट दिन खोजिएको तर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सदन सुचारु गर्न, शान्ति प्रक्रियाका काम सहज रुपले अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी होस् भन्ने कुरा सुरु देखि नै हामीले चाहेका छौं।’

त्यसैकारण प्रतिपक्षमा भएको राजनीतिक दललाई लेखा समितिमात्र दिने परम्परा तोड्दै लेखासहित ३ वटा समितिको सभापति एमालेलाई दिएको उनले बताए। ‘यसको अर्थ गठबन्धनमा कुनै आँच पुर्‍याउने उद्देश्यले होइन र हुन पनि सक्दैन ।’ उनले थपे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP