Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ, नयाँ समझदारी जरुरी छ : कृष्ण सिटौला

२३ पुष, विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज (मंगलबार) सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा जोड दिँदै आफू त्यसमा लागिपर्ने बताए।

नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक रहेको बताउँदै उनले दलहरुबीचमा संसदमा नयाँ समझदारी निर्माण हुनुपर्ने उल्लेख गरे। कांग्रेसका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कांग्रेसले एकताबद्ध भएर अगाडि बढ्ने सिटौलको भनाइ थियो।

राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताउँदै उनले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दाबी गरे।

आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष बन्ने गरी उम्मेदवार बन्नुभएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने अहिले त्यसबारे चर्चा गर्नु उचित नभएको प्रतिक्रिया दिए।

निर्वाचन परिणाम आएर राष्ट्रियसभामा पुगेपछि ती प्रश्नको स्वभाविक रूपमा जवाफ आउने उनको भनाइ थियो।

उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेकोबारे सोधिएको प्रश्नमा सिटौलाले आफ्नो उम्मेदवारीबारे पार्टीमा विवाद नभएको दाबी गरे। आफू सबैसँग बिदा मागेर आइतबार साँझ नै विराटनगर हिँडेको र सबै कुरा बुझ्न नपाएको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP