Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा सातजनाको उम्मेदवारी

२३ पुष, दाङ : लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको २ पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्यालय घोराही दाङका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो।

नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा, एमालेकी तुलसा कुमारी, र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै गठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदी, नेकपा एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरन्जन थापा र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवारी दर्ता गराएका हुन्।

प्रदेशमा सत्ता गठबन्धनबाट झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।

गुल्मी निवासी सापकोटाले महिला कोटा र रोल्पा निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन्। सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहेका थिए।

सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका थिए। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ।

यस्तै, प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छ्न्। दाङ निवासी केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहेका थिए, भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका थिए।

यस्तै, प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनमत पार्टीका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छ्न। उनले लुम्बिनी प्रदेशबाट पहिलो उम्मेदवारी दर्ता गराएका थिए। उनको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ रहेकी छ्न।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP