Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्रीलाई भेटेर के भने?

रासस

काठमाडौँ : सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्‍मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकप्रति सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रीता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति अरू नेतालाई अनुभूत नहुने भन्दै प्रधानमन्त्री दाहालकै कार्यकालमा द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने विश्वाससमेत व्यक्त गरिन्।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमासमेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै विधेयकमा सम्भव हुने विषय समावेश गरी परिमार्जन गरिने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP