Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

काठमाडौं : अभियन्ता प्राडा गोविन्द केसीलाई प्रहरीले काठमाडौँ माइतीघरबाट हिरासतमा लिएको छ।

मंगलवार दिउँसो डा केसीलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। निषेधित क्षेत्रमा मुखमा टेप लगाएर विरोध प्रदर्शनमा उत्रिएका डा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। हाल डा केसीसहित पक्राउ परेकाहरुलाई​ प्रहरी वृत्त सिंहदरबारमा राखेको डा केसीका सहयोगीहरुले जनाएका छन्।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि पनि गत शनिवार डा केसीसहितको समूहलाई प्रहरीले माइतीघरबाटै पक्राउ गरेको थियो।

शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिश समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार माइतीघर, नयाँ बानेश्वर क्षेत्रमा यही मंसिर ४ गतेदेखि निषेधाज्ञा तोकेको छ।

शुरुमा ३० दिनसम्मका लागि तोकिएको निषेधाज्ञा लगातार बढाइएको छ। निषेधाज्ञामा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइँदैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP