Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न बोर्डका कर्मचारी र शिक्षकको माग

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी र शिक्षक सिकाइ अनुदान शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग गरेका छन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विभिन्न सरोकारवाला समूहसँग भएको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा छलफलमा उनीहरूले यस्तो माग गरेका हुन्।

परीक्षा बोर्डका कर्मचारी पुण्यप्रसाद ढुंगेलका अनुसार बोर्डमा ३८१ जना कर्मचारी छन्। जसमा स्थायी कर्मचारी १२६ जना र ज्यालादारी, करार र अस्थायी गरि १८० जना कर्मचारी छन्।

‘म ज्यालादारी कर्मचारी हुँ, यो बोर्डभित्र धेरै श्रमशोषण भइरहेको छ। २८ वर्षदेखि काम गरेर रित्तै हात फर्किनु परेको छ। त्यसैले यो शिक्षा विधेयकमा एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने व्यवस्था हुनुपर्छ’, उनले भने। उनले आवश्यक परेका वेला बिदा समेत नपाएको गुनासो गरे।

शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका महासचिव सञ्जय तिम्सिनाले पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग राखे। उनले भने, ‘हामी भनेको गणित,विज्ञान र अंग्रेजी पढाउने अनुदानका शिक्षक हौँ तर हाम्रो जागिर सुनिश्चत छैन। सामाजिक सञ्जालतिर भने यी शिक्षक अभाव भएको भनी पटक पटक विज्ञापन भएको देख्नु भएकै होला। यो पढाउन हामी दक्ष छौँ। त्यसैले यो विधेयकमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्छ भन्ने माग गर्छौ।’

समितिका उपाध्यक्ष कौशिक शर्माका अनुसार देशभर यस्ता शिक्षक ७ हजार ८४ छन्। शहरीभन्दा पनि ग्रामीण क्षेत्रमा बढी छन्। ‘कुनै विद्यालयको सामाजिक विषयमा शिक्षक आउँदा पनि हाम्रो दरबन्दी कटौती हुन्छ, विद्यालय मर्ज हुँदा पनि कटौती हुन्छ, हामी कति पढाएर विद्यालयको गुणस्तर उकास्ने हुटहुटी लिएर नियुक्ति हुन्छौँ तर थाहै नपाई हाम्रो जागिर जान्छ। त्यसैले हामी पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी शिक्षक बन्न पाउनुपर्छ’, उनले भने।

यी शिक्षकहरूलाई सरकारले उचित व्यवस्थापन गर्न सके मात्रै सामुदायिक विद्यालयको अवस्था उकास्न सकिने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP