२ माघ, काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री श्रेष्ठले विपद्पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने धारणा राखेका छन्।
मंगलबार भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले कुनै एक तहको सरकारको असहयोग हुँदा पनि विपद्पूर्व तयारीका लागि काम गर्न नसकिने बताए।
उनले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरु भएको बताए। उनले सरकारले उनीहरुलाई राष्ट्रिय प्रणालीमा आबद्ध काम शुरु गरिसकेको दाबी गरे। ‘विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका हुन्छ । स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरु भएको छ’, उनले भने।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पनि जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र चार सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र तिनको प्राथमिकतामा राखि पुनः निर्माण गर्नुपर्ने देखाएको उनको भनाइ छ।
‘काठमाडौं उपत्यका भूकम्पीय जोखिमका दृष्टिकोणले विश्वकै उच्चतम जोखिम क्षेत्रमा पर्छ। त्यसमध्ये सबैभन्दा बढी जनसंख्याको जनघनत्व र संरचना काठमाडौं महानगरपालिकामा छन् । १९९० र २०७२ सालको भूकम्पबाट यही ठाउँमा ठूलो मात्रामा क्षति भयो’, उनले भने, ‘त्यसकारण हामीले संयुक्त रुपमा काम गर्नुपर्छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया