काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
बिहीबार शुरु भएको कार्यसमितिको बैठकको पहिलो दिन चार प्रस्ताव पेश भएको थियो। तिनै प्रस्तावमाथि शुक्रबार छलफल हुने पार्टीका नेता डा. प्रकाशशरण महतले जानकारी दिए। ‘बिहीबार चार वटा प्रस्ताव भएका छन्। शुक्रबार यसमा छलफल हुनेछन्’, उनले भने, ‘समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जानेछ।’
बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए।
यस्तै पार्टीको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री महतले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेश गरेका थिए। बैठकमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया