Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

मधेश कृषि मन्त्रालयका मन्त्री र कर्मचारीले दुग्धजन्य पदार्थ किन्नुपर्ने निर्णय

जनकपुरधाम : मधेश सरकारका मन्त्रीले आफ्नो तलबबाट दुग्धजन्य पदार्थ किन्नैपर्ने निर्णय भएको छ। खपतभन्दा बढी दूध संकलन हुन थालेपछि मधेश सरकारले यस्तो निर्णय गरेको हो।​

डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुरमा दैनिक ४-५ हजार लिटर दूध संकलन हुने र एक हजार लिटर मात्रै विक्री हुने गरेको छ।

मधेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलबबाट अनिवार्य डिडिसीको घ्यू किन्नैपर्ने निर्णय गरिएको छ।

विभागीय मन्त्रीले मासिक ५ दिन, सचिवले ३ दिन र ११, १० तथा ९ औँ तहका कर्मचारीले २ दिनको तलबका साथै सोभन्दा तल्लो तहका कर्मचारीले एक दिनको तलबबापतको घ्यू किन्नैपर्ने निर्णय गरिएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दप्रसाद न्यौपानेले बताए।​

डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजना प्रमुख दिनेशकुमार जोशीले दुग्ध खपत हुन नसकेपछि जनकपुरधाममा भण्डारण क्षमताको अभावमा विराटनगरस्थित प्रदेश संकलन केन्द्रमा पाउडर र मखन बनाएर राख्नुपर्ने बाध्यता रहेकाले मधेश सरकारसँग सहयोग माग्दा यस्तो निर्णय भएको बताए।

घ्यू र मखन राख्न माइनस १८ डिग्रीको वातानुकूलित भण्डार आवश्यक भएकाले तत्काल घ्यूमखन खरिद गर्न यस्तो निर्णय गर्नुपरेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP