Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

हत्या गरी जलाएर गाडिएको अवस्थामा पुरुषको शव फेला

किरणमान बज्राचार्य, कपिलवस्तु

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।

आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो। वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए।

आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो। सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो।

शरीर र यौनांग जलेको अवस्थामा रहेको छ। पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ। टाउको भने अझै फेला परेको छैन।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ। घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ।

मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताए। शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ। घटनाको अनुसन्धान भइरहेको पौडेलले बताए। हत्यारा जोकोही भए पनि पत्ता लगाउने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP