Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशकाे एकता खल्बल्याउनेलाई कारवाही हाेस् : नेसपा (नयाँ शक्ति)

कपिलवस्तु, ८ पाैष ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले देशकाे एकता खल्बल्याउनेलाई कारवाहीकाे माग गरेकाे छ । नेसपा जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष राम निवास पुरीले विज्ञप्तिमार्फत देशको जातीय, क्षेत्रीय विविधता वीचको एकतालाई खल्बल्याउने व्यक्तिलाई छानबिन गरि कानुनी दायरमा ल्याएर कारवाही गर्न माग गरिएको बताएका छन् ।

“हालैको एनपिएल प्रतियोगिताको क्रममा जनकपुर बाेल्टस् का समर्थकहरूमाथि केही अराजक व्यक्ति/समूहबाट भएको भौतिक आक्रमण र नस्लीय/रंगभेदी गालिगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय छ।” भनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल जस्तो संविधानद्वारा नै परिभाषित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त” (धारा ३) मुलुकमा, संविधानको ‘मौलिक हक र कर्तव्य’ खण्ड (भाग ३) को ‘समानताको हक’ (धारा १८), ‘छुवाछूत तथा भेदभाव विरूद्धको हक’ (धारा २४) लगायतमा कसैलाई पनि “उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने” कार्य “गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन्” भनिएको स्थितिमा राज्यले मधेशी आयोगको यो घटना सम्बन्धी पत्रलाई गम्भीरतापूर्वक लिओस् र आवश्यक कार्वाही गरोस्” भन्दै जाेडदार माग गरेकाे छ ।

साथै हाम्रो देशको जातीय, क्षेत्रीय विविधता वीचको एकतालाई खल्बल्याएर आफ्नो कुत्सित स्वार्थ पूर्ति गर्ने भित्री र बाहिरी शक्तिहरूको सम्भावित खेललाई सबैले वेलैमा बुझेर निष्फल पार्न ध्यान दिऊँ भनि नेसपा जिल्ला अध्यक्ष राम निवास पुरीकाे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP