Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रवि लामिछानेको बयान आजै शुरु हुने सम्भावना

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ ।

सोमबार पहिलो दिन गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान भएको छ। उनको पनि बयान अझै बाँकी रहेकाले मंगलबार निरन्तर रहने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार जोशीको बयान सकिए अन्य प्रतिवादीको बयान शुरु हुनेछ ।

पहिलो चरणमा अदालतमा उपस्थित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ। लामिछानेको बयान मंगलबार नै शुरु हुनसक्ने उनको भनाइ छ। अन्य प्रतिवादीको हकमा भने दोस्रो चरणमा बयान लिने अधिकारीले बताए।

प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुुरु हुन समय लाग्ने देखिएको छ। प्रतिवादीको बयान सकिए पछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ ।

मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP