काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको बताएका छन्।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पहिला संविधानमा भएका विषय कार्यान्वयन गर्ने कुरामा जोड दिन जरुरी रहेको बताए।
उनले संविधान कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए। उनले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठेराको विकल्पमा जान सकिने बताए। अध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताए।
राष्ट्रियसभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताए।
दाहालले भने, ‘भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन। हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुरा कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरू त्यही छन्।’
अध्यक्ष दाहालले प्राप्त उपलब्धिको रक्षा र सम्प्रेषण गर्न जरुरी रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया