काठमाडौं : दुई संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। दिउँसो सवा १२ बजे राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल हुनेछ ।
यसअघि बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया