Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सुदूरपश्चिममा ९ महिनापछि संसदीय समितिमा मिल्यो भागबन्डा, कांग्रेस खुशी पार्न एक समिति थप

काठमाडौं ः ९ महिनादेखि सभापतिबिहीन बनेका सुदूरपश्चिम प्रदेशका संसदीय समितिहरुमा कांग्रेस र एमालेबीच भागबन्डा मिलेको छ।

प्रदेशमा चार संसदीय समिति रहेकोमा विधायन तथा प्रदेश मामिलबाहेकका समिति कांग्रेस र एमालेबिच भागबन्डाको लफडाले सभापतिबिहीन छन्। तर, हिजो मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको छलफपछि भागबन्डा टुंगिएको हो।

भागबन्डा मिलाउन एक समिति थप गर्ने सहमति पनि भएको छ। नयाँ सहमति अनुसार नागरिक उन्मीक्त पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, एमालेले सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति माओवादी केन्द्र र विशेषाधिकार समिति कांग्रेसले लिने सहमति भएको छ।

विशेषाधिकार समिति थप हुने भएको हो। कामको चाप बढेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समिति विभाजन गर्ने प्रकृया सुरु गर्ने सहमति भएको छ। पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता रावलले अब चाँदै समितिहरुले नेतृत्व पाउने बताए।

यसअघि पुस ८ गते बसेको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठकले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने निर्णय गरेको थियो।

समिति सक्रिय नहुँदा प्रदेशसभाले समेत विजनेस पाएको छैन। प्रदेशसभाको बैठक पनि तीन महिनादेखि बसेको छैन। संसदीय समिति पनि निश्क्रियजस्तै बन्दा सांसदहरु फुर्सदिला बनेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP