Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भीम रावल पार्टीबाट आफैं निस्किएका हुन् : पोखरेल

 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले निस्कासन गरेको नभई आफैँ निस्किएको टिप्पणी गरेका छन्।

चितवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पार्टीका हरेक निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ ? भन्दै प्रतिप्रश्न गरे।

रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलको भनाइ छ। संसद् भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको उनको जिकिर छ ।

संसद विघटनपछि ओलीको विपक्षमा उभिएका रावलले विश्वासको मतको विपक्षमा मतदान गर्नुका साथै एमसीसी पारित गर्ने समयमा पार्टीको ह्विप विपरीत संसदमा आफ्ना कुरा राखेका थिए । रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलको आरोप छ ।

पछिल्लो समय पार्टी कार्यालय बनाउन व्यापारी मीनबहादुर गुरुङले गरेको जग्गादान प्रकरणमा जथाभावी बोलेपछि पार्टीले रावललाई स्पष्टीकरण सोधेको तर, त्यसको समेत बेवास्ता गरेकाले कारबाही गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP