Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भन्सार विधेयकमा के छ नयाँ व्यावस्था र सरोकारवालाको सुझाव?

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’बारे सरोकारवालासँग छलफल गरेको छ।

समितिले आज नेपाल समुद्रपार निकासी पैठारी सङ्घ, नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग छलफल गरेको हो।

समुद्रपार निकासी पैठारी सङ्घले व्यापार सहजीकरणका लागि विभिन्न विषयमा सहजीकरणका लागि सुझाव दिएको छ।

भन्सार क्षेत्र बाहिर गई वस्तु जाँच गर्दा लाग्ने महशुलको थप ५० प्रतिशत रकम धरौटी लिने व्यवस्थाले व्यवसायीलाई अनावश्यक बोझ र नगद प्रवाहमा चाप पर्ने भएकाले यो व्यवस्थालाई संशोधन गर्नुपर्ने सङ्घको माग छ।

भन्सार अधिकृतले निर्धारण गरेको मूल्यभन्दा घोषणाकर्ताले घोषणा गरेको मूल्य १५ प्रतिशतभन्दा बढी भएमा मात्र त्यसलाई न्यून बिजकीकरण भएको मान्नुपर्ने, भन्सार जाँचपासका क्रममा प्रयोग हुने मूल्य सन्दर्भ पुस्तिका खारेज गरिनुपर्ने, भन्सार जाँचपासमा आएका वस्तुको ‘हाईमाइज्ड कोड’ अनुसार वस्तुको वर्गीकरण १५ दिनभित्र सक्नुपर्नेलगायत सुझाव आएका छन्।

त्यस्तै, प्रशासकीय पुनरावलोकनमा गएका फाइलहरु टुङ्ग्याउनका लागि समय तोक्न आवश्यक रहेको सङ्घका प्रथप उपाध्यक्ष अनिल कुमार अग्रवालले बताए।

वेयरहाउस सञ्चालनको अनुमति दिने निकाय बारे स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने, भन्सार कार्यालय परिसरमा वेयरहाउस सञ्चालनका लागि स्वीकृति दिँदा सरकारी कम्पनीलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिएको छ।

त्यस्तै, भन्सार मूल्याङ्कन पुनरावलोकन समितिले ९० दिनभित्र निर्णय गरिसक्नुपर्ने र सो समयभित्र समितिले निर्णय गर्न नसकेको अवस्थामा निवेदकले राजश्व न्यायाधीकरणमा निवेदन दिने सक्ने व्यवस्था भन्सार ऐनमा राख्नुपर्नेलगायतका सुझाव नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले दिएको छ ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो। यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरुमध्ये सामान्य प्रावधानहरु सदस्य भएको तीन वर्षभित्र तथा संक्रमणकालीन मापदण्डहरु पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ।

त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरु भन्सार ऐन नियमबाट सम्बोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP