काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीका ६ हजार बचतकर्ताको अहिलेसम्मको सबै बचत फिर्ता गरेको जानकारी दिएका छन्।
शनिवार काठमाडौँमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ गल्ती गर्ने अनि सडक आन्दोलन गरेर मुक्ति मिल्छ भन्ने नसोच्न आग्रह गरेका हुन्। पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले गल्ती गरेको छैन भने न्यायिक छानबिनबाट नतर्सिन आग्रह गरे।
उनले ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरिसकेको र २ हजारको छानबिनको क्रमसँगै ५० प्रतिशत बचत फिर्ता गरेको बताए। उनले बाँकी ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्न सरकार लागिपरेको उल्लेख गरे। उनले सरकार समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मूल गर्न लागिपरेको बताए।
उनले न्यायिक छानबिन र अनुसन्धानलाई सघाउन आग्रह गर्दै गल्ती गरेको खण्डमा सडकको आन्दोलनले मुक्त हुने कुरा नसोच्न आग्रह गरे। उनले सहकारीको रकम ठग्नेहरूमाथि कारबाही गर्नका लागि र कारबाहीलाई अझ प्रभावकारी बनाउनका लागि र बचतकर्ताहरूको बचत फिर्ता गर्न सरकार लागिपरेको बताए।
मन्त्री गुरुङले भने, ‘समाजमा भएका अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचार निर्मूल गर्न हामी लागिरहेका छौँ। सहकारीका ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्न हामी लागेका छौँ। ६ हजार बचतकर्ताको बचत अहिलेसम्म सम्पूर्ण रूपमा फिर्ता गरिसकेका छौँ। ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरेका छौँ। बाँकी २ हजारको छानबिनको क्रममा छ र उनीहरूको ५० प्रतिशत रकम फिर्ता गरेका छौँ।’
मन्त्री गुरुङले सुशासन कायम गर्न, आर्थिक समृद्धिमा योगदान पुर्याउन सरकारले काम गरिरहेको बताए। दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता पार्टीको मुख्य शत्रु रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया