Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एकपटक यो देशको नेतृत्व गरेरै छाड्छु : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्।

उनले देशका लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे। उनले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकता अभियान बढ्दै जाने बताए।

उनले आफूहरुको एकता कुनै दरबार खान, टी स्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए। उनले नेपाली नेताहरूले विदेशमा टनाटन पैसा पठाएको उनको आरोप छ।

उनले भने, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ। एकचोटि यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ। हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रीय समितिको बैठकपछि ध्रुवीकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा अज प्रज्ञा भवनमा शुरु भएको छ। यो शुरुवात मात्रै हो। यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टी स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन। हाम्रो देशको पैसा विदेशमा टनाटन छ।’

महासचिव चन्दले अरू राजनीतिक दलहरूले गरेका ध्रुवीकरणका कुरामा नयाँ चिज नरहेको जिकिर गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP