काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औँ बलिदानी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।
शनिवार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा लोसपाले शहीदहरूको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो।
त्यस अवसरमा बोल्दै लोसपा उपाध्यक्ष अजय कुमार गुप्ताले महिला, मधेशी, जनजाति दलितका मुद्दा अझै सम्बोधन हुन नसकेको बताए। उनले मधेशका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताए। वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे।
मधेश केन्द्रित दलहरूले आज मधेश आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन्। शहीद रमेश महतोको शहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रित दलहरू बलिदानी दिवसको रूपमा मनाउने गर्छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया