Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा

 

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन्।

मंगलवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाअनुरूप नै रहेको दाबी गरेका हुन्। उनले अध्यादेश आउनु लोकतान्त्रिक व्यवस्थाअनुरूप नै आएको बताए। उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरे।

उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्नुपर्ने बताए। सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने स्पष्ट पारे।

उनले अध्यादेशको विरोधभन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताए। उनले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको स्पष्ट पारे।

बास्कोटाले भने‚ ‘अध्यादेश आउनु लोकतान्त्रिक हो कि होइन भन्ने कुरा अनौठो लाग्छ। अध्यादेश ल्याउने व्यवस्था संविधानमै छ। कसरी अलोकतान्त्रिक हुन्छ? पहिला संविधानको त्यो बुँदा झिकेर फालिदिनुपर्‍यो। अध्यादेशको परीक्षण दुई महिनाभित्र हुनुपर्छ। संसद्‌मै हुनुपर्छ। कन्टेन्टमा जाऔं। निजी क्षेत्रले स्वागत गरेको छ। लोकतन्त्रमा सरकारको निगरानी संसद्ले नै गर्छ।’

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसद्ले चासो राख्नुपर्ने बताए। उनले बजेट खर्चबारे प्रश्न गरे। उनले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP