Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गरेका छन्।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले संवादको शुभारम्भ गरेका हुन्। पहिलोपटक आयोजना हुन लागेको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ।

संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले गरेको असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्ताराष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताए। नेपालले जलवायु न्यायका सन्दर्भमा अन्ताराष्ट्रिय जगत्‌मा सशक्त आवाज उठाउँदै आएको उनको भनाइ छ। जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद शुरु गरिएको हो।

परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन्। यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ। आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ। संवादलाई नेपालले अन्ताराष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्ने गरी घोषणा गरी तयारीको शुरुवात गरिएको हो।

संवादमा न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्ताराष्ट्रिय जगत्‌लाई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP