Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

कहिलेदेखि खुल्छ स्कुल ?

काठमाण्डौ – लकडाउन खुलेपछि सडक बजारमा चहलपहल बढेको छ । चार महिनाभन्दा बढी समयदेखि रोकिएका कामले गति लिन थालेको छ । तर स्कुल कलेज भने अझै खुलेका छैनन् । 

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेको र विद्यालयबाट क्वरेण्टीन हटाउने निर्णय गरेकाले अब पठनपाठन सुरु हुन्छ कि भन्ने सङ्केत देखिएको छ । तर अझै निश्चित भइसकेको छैन ।

सामान्य बेलामा सरकारले १५ दिन भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने गरेको छ । यो अभ्यासअनुसार भदौ १५ गतेदेखि पठनपाठन सुरु हुनुपर्ने हो । 

कतिपय स्कुल तथा कलेजले विगतको अभ्यासअनुसार नै पठनपाठन सञ्चालन हुने भन्दै स्कुल खोल्नका लागि आन्तरिक तयारीसमेत थालिसकेका  छन् । कतिपय स्कुल भने पालिकासँगको समन्वयमा सञ्चालनमा आइसकेका छन् ।  

भदौ १५ गतेदेखि विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आउँदो चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिन्छ । शिक्षासँग सम्बन्धित सङ्घसंस्थाले पनि भदौ १ गतेदेखि स्कुल भर्ना सञ्चालन गरे १५ गतेदेखि स्कुल खोल्न सकिने बताएका छन् ।

भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षासमेत खुला गरिएपछि भदौ १५ देखि नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने उनीहरुले बताउँदै आएका छन् । 

भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खुला गरिसकेको सरकार भने अझै पठनपाठन सुरु गर्ने/नगर्नेबारे अन्योलमा नै छ । भर्ना र परीक्षाका बारेमासमेत आवश्यक सुरक्षा मापदण्ड बनाउन सकेको छैन । यस्तै पठनपाठन कहिलेदेखि  नियमित गर्ने वा केके सुरक्षा मापदण्ड लागू गर्ने भन्ने विषय पनि अन्योलमा नै छ ।  

भर्ना सञ्चालनको कति समयपछि स्कुल तथा कलेज खुल्ने ? मापदण्ड कस्तो हुने ? कसरी पढाउने ? कोरोनाका कारण त्रसित बालबालिका, अभिभावक तथा शिक्षकलाई मानसिक रुपमा कसरी तयार गर्ने ? भन्नेबारे शिक्षा मन्त्रालय आफैँ अन्योलमा छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा यी सबै  विषयमा  मन्त्रालयमा छलफल भइरहेको बताउनुहुन्छ । छिट्टै नै मन्त्रालयले विद्यालय पूर्ण सञ्चालन कार्य ढाँचा अर्थात् प्रोटोकल तयार पार्ने उहाँले बताउनुभयो । प्रोटोकलमा सबै विषय समेटिने उहाँको भनाइ छ । 

अभिभावक, शिक्षक र विद्यार्थीले अपनाउनुपर्ने सुरक्षा मापदण्ड, कक्षाकोठाको वातावरण, कोरोनापछि भौतिक दूरी कसरी मापन गर्ने सबै विषय प्रोटोकलमा समेटिने उहाँले बताउनुभयो । शिक्षा तथा  मानव स्रोत विकास  केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया पनि स्कुल कहिले खुल्छ अथवा आवश्यक मापदण्ड के-के हुन सक्लान् भन्ने विषयमा अहिल्यै भन्न नसकिने बताउनुहुन्छ । 

स्कूल पूर्ण कार्य सञ्चालन ढाँचामा सबै कुरा उल्लेख गरिने उहाँले बताउनुभयो । ढाँचा स्वीकृत भइसकेको र छिट्टै सार्वजनिक हुने उहाँको भनाइ छ । यो ढाँचामा २० वटा सूचकहरु रहेका उहाँले बताउनुभयो । सूचकभित्र स्कुल कसरी खुलाउने, त्यसको मापदण्ड, स्कुल जाँदा-आउँदा, कक्षाकोठा भित्र, बाहिर अपनाउनुपर्ने सावधानी, स्वास्थ्य जाँचलगायतका विषयवस्तु समेटिएको थपलियाले बताउनुभयो ।  

उहाँ भन्नुहुन्छ, ‘अहिले देशभरका सबै स्कुल खोल्ने भनिएको होइन । २-३ चरणमा गरेर खोल्ने हो । यस अन्तर्गत पहिलो चरणमा जोखिम नभएका पालिकाहरुका स्कुल खोल्ने, दोस्रो चरणमा अलि/अलि मात्र जोखिम भएका र विस्तारै सबै स्कुल खोल्ने सरकारको तयारी छ । 

‘स्कुल खोल्ने भन्ने बित्तिकै गते तोकिहाल्ने, मापदण्ड विना नै सञ्चालन गर्ने भनेको होइन’ थपलियाले भन्नुभयो । तर सङ्क्रमितको संख्या बढेमा भने खोलेका स्कुल पनि बन्द पनि हुन सक्ने  उहाँले बताउनुभयो ।

क्वरेण्टीनहरु बिस्तारै खाली हुँदै गएको अवस्थामा खाली भएका स्कुलहरुमा स्यानीटाइज गरेर मात्र पठनपाठन सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । देशभरका ४ हजार ५ सय २२ विद्यालयमा क्वरेण्टीन निर्माण गरिएको छ । ती  अहिले घटेर २ हजारको हाराहारीमा छन् । 

क्वरेण्टीन हटाएर निर्मलीकरण नगरेसम्म कक्षा सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय २५ विद्यालयमा क्वरेण्टीन  निर्माण गरिएको छ । प्रदेश ५ का ८ सय ८५ विद्यालय क्वरेण्टीनको रूपमा प्रयोग हुँदै आएका  छन् । 

पालिकाले खाना, बस्नको व्यवस्था गरेर विद्यालयलाई क्वरेण्टीन  बनाइएका हुन् । कर्णाली प्रदेशमा ५ सय ३३ विद्यालयमा क्वरेण्टीन  निर्माण गरिएको छ । प्रदेश २ मा ४ सय ३८ र गण्डकी प्रदेशको ३ सय ८७ विद्यालय क्वरेण्टीनमा प्रयोग गरिएको छ ।

वाग्मती प्रदेशमा २ सय ३० र प्रदेश १ का २ सय २४ विद्यालयमा क्वरेण्टीन  सञ्चालित छन् । क्वरेण्टीन निर्माण भएका सबै सामुदायिक विद्यालय हुन् । सरकारले विद्यालयमा रहेका सबै क्वरेण्टीन हटाउन बिहीबार निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP