Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

समचार प्रभाव अर्घाखाँचीको सरस्वती माता माविलाई स्मार्ट युवा क्लबकाे ध्यानाकर्षण पत्र

दिपेन्द्र खत्री, अर्घाखाँची अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका २, डाँडाकटेरी स्थित श्री सरस्वती माता माध्यमिक विद्यालयमा स्मार्ट युवा क्लबले ध्यानाकर्षण पत्र दिएको छ ।

मंगलबार अर्घाखाँचीको सरस्वती मावि ४ महिनादेखी विषय शिक्षक बिहिन, २ पटक सर्यो परिक्षा शिर्षकमा समाचार प्रकाशित गरेपछि बिद्यालयमा १२ जना शिक्षक, शिक्षिका र १ जना सहयोगी गरी १३ जनाको भरमा विद्यालय सञ्चालन भइरहेको विद्यालयमा विषयगत शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न नसकेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको क्लब अध्यक्ष प्रदिप गाैतमले जानकारी दिनुभयाे ।

विद्यालयमा सामाजीक बिषय अध्यापक शिक्षक पुस १३ गते बाट निस्कासन भए । त्यसपछि विद्यालयमा बिधिगत रुपमा माघ मसान्त सम्म शिक्षक आवेदन खुल्ला भयो, २४ जना आवेदकले आवेदन दिए, आवेदन दिएका आवेदकहरुको फागुन १३ गते परिक्षा थियो । आवेदकहरु परिक्षाको तयारीमा जुटिसकेका थिए । तर विद्यालयले परिक्षाको अगिल्लो दिन परिक्षा सरेको सुचाना निकाल्यो । त्यसको केहि दिन पछि पुन परिक्षा हुने भनी फागुन १७ गते मिति तय गर्यो,परिक्षार्थी हरुलाई सुचना पनि गरियो। परिक्षार्थी परिक्षको तयारीमा व्यस्त भए, फेरी विद्यालयले सुचना गर्यो र परिक्षा रोक्याे जस्काे कारण सार्वजनिक गर्नु पर्छ भन्दै क्लबका सचिव सन्ताेष सुनारले विद्यालय प्रधानाध्यापक लाई माग राखे ।

के छ ध्यानाकर्षण पत्रमा ?

प्रस्तुत विषयमा यस विद्मालयको निम्न माध्यमिक तहको सामाजिक विषयको विषय शिक्षक पद विगत २०७७ पौष १३ गते देखि रिक्त रहेको र विद्यालयबाट विज्ञापन दर्खास्त आवाहन भई पटक पटक परिक्षा मिति तोकिदा समेत अहिले सम्म विभिन्न कारणहरु देखाउँदै सो पद पूर्ति नभएको हुँदा विद्मालयका सयौँ विद्मार्थी पठन पाठन प्रकियामा समस्यामा परेकोले हाम्रो क्लव सो समस्याप्रति गम्भिर छ ।

यथासिघ्र विद्यालय व्यवस्थापन सतिति गठन प्रकिया गरि नयाँ समिति निमार्ण गरि सो पदको यथासिघ्र पद पूर्ति गर्न समेत हाम्रो ध्यानाकर्षण रहेको छ । साथै स्मार्ट युवा क्लव विद्यालय परिवारको सदैव सहयोग गर्ने र सुभेच्छा प्रकट गर्दछ ।

सरस्वती माता माध्यमिक विद्यालयमा अहिले व्यवस्थापन समिति नै नभई विद्यालय संचालन भईरहेको अबस्था छ । फागुन १७ गते हुने भनिएको परिक्षा रोकिनुमा व्यवस्थापन समितिको व्यवस्थापन समिति समाल्ने समय अबधी त्यहि दिन सकियो। व्यवस्थापन समिति निस्केको दिन परिक्षा गराउन नमिल्ने भएकोले परिक्षा रोकियो। पटकपटक परिक्षा रोक्नु ,आबेदकहरुलाई लाई दुख दिने काम भईरहेको छ ।यसले गर्दा बिधार्थीहरुले बिषय शिक्षक पाउन सकिरहेका छैनन् ।

पटकपटक विभिन्न सरकारी निकायमा शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको देखिन्छ ।राजनीतिक पहुँचका आधारमा भागबन्डा मिल्ननसकेकै कारण बिधालयले अहिलेसम्म दरबन्दीका शिक्षक नराखेको देखिन्छ, पर्याप्त पूर्वाधार नहुँदा गाउँका विद्यार्थी अन्य सामूदायिक र नजिकै गाउँका निजी विद्यालयमा गएको पाईन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP