काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारले जबर्जस्ती नगरेको प्रष्ट पारेका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका विषयमा बिहीबार जवाफ दिँदै मन्त्री दाहालले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि जडान नगर्नेलाई कारबाही नहुने बताए। उनले आफू अनुकूल समयमा स्वःस्फूर्त रुपमा नम्बर प्लेट जडान गर्न पनि आग्रह गरे।
उनले २५ लाख इम्बोस्ड नम्बर प्लेट छपाइका लागि सम्झौता भएको र हालसम्म ६ लाख ३५ हजार ५ सय ४५ वटा छपाई भइसकेको बताए। तर हालसम्म ८७ हजार ९ सय ७९ वटा मात्र जडान भएको छ।
इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने कम्पनीलाई हालसम्म ९३ लाख ६४ हजार १ सय ७४ अमेरिकी डलर भुक्तानी गरिसकिएको पनि उनले जानकारी दिए।
‘अहिलेसम्म भुक्तानीको अवस्था हेर्दा हामी ठिकै अवस्थामा छौं। तर अब बाँकी इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने हो भने पनि हामीले ९५ प्रतिशत रकम मूल्य तालिकामा उल्लेख गरे बमोजिम बुझाउनुपर्छ भनेर सम्झौता गरिएको रहेछ।’ मन्त्री दाहालले भने, ‘अरु झण्डै १८ लाख इम्बोस्ड नम्बर नबनाउने भए पनि हामीले निर्माण कम्पनीलाई ३ अर्ब ९१ करोड रुपैयाँ तिर्नै पर्छ।’
कामै नभए पनि रकम तिर्नुपर्ने र देशलाई डिजिटाइजेशनमा लैजाने कार्यमा सहयोग पुग्ने भएकाले सबैलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न मन्त्री दाहालले आग्रह गरे।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया