काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताएका छन्।
आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाएको बताएका हुन्।
शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरूमा रेकर्डेड रहेको र कूटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताए।
उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताए। नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाई थियो। उनले सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने पनि बताए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया