काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल मधेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ।
नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका हुन। उनका साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरूले पनि यादवलाई समर्थन जनाएका छन्।
जसपा, नेपालको विधानविपरित अधिवेशन भइरहेकोले आफूहरूले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताए। अधिवेशन कर्मकाण्डी हिसाबले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुसी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरू अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए। आफूहरूलाई बन्दसत्रमा समेत महत्व नदिइएको उनको आरोप छ।
यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरूले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन्। यसका साथै मधेसका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरूको समेत उनलाई समर्थन प्राप्त भएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया