Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण

 

काठमाडौँ : मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन्। सोनलसँगै दुईजना विनाविभागीय मन्त्रीले समेत शपथ लिएका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कनिश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका छन्।

सोनल बुधवार मधेशको चौथो मुख्यमन्त्रीको रूपमा नियुक्त भएका थिए। शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सोनलले आफू यो पदमा रमाइलो गर्न नआएको प्रतिक्रिया दिए।

मधेश प्रदेशका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्न आफ्नो तहबाट हुनसक्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

सोनलले आफू मन्त्री पदमा रहँदा समेत घण्टौँ काम गर्ने व्यक्ति रहेकाले अब मुख्यमन्त्रीको रूपमा जिम्मेवारी थप बढेकाले सो जिम्मेवारी वहन गर्ने बताए। जेनजी आन्दोलनबाट युवाहरूले उठाउँदै आएका माग र जनताको अपेक्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP