काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएईले) विरुद्धको खेलमा नेपालले जितका लागि २ सय ३४ रनको चुनौती दिएको छ।
दुबईमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै १० विकेट गुमाउँदै २ सय ३३ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे।
१ सय ३० बल खेलेका रोहितले ५ चौका र दुई छक्का प्रहार गर्दै १ सय ९ रनको महत्वपूर्ण योगदान गरे।
उनको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय शतक हो। यसअघि उनले पपुवान्यूगिनि (पीएनजी) विरुद्ध शतक प्रहार गरेका थिए।
युएईविरुद्ध आसिफ शेखले ३५,आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउँदा गुल्सन झा शून्यमा आउट भए।
करण केसीले १३,कुशल भुर्तेलले ७,सोमपाल कामीले ६ र भीम सार्कीले ३ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
केहीबेरमा युएईले जवाफी व्याटिङ गर्नेछ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया