Trending
flash गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समुहको १०औँ साधारण सभा सम्पन्न समाज म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आजसम्म १६२ जनाको उद्धार अन्तर्वार्ता शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने राजनीति संघीय सरकारले टुक्रे योजनाका बजेट कटौती गर्ने निर्णय खेल नेपालले युएईलाई दियो २ सय ३४ रनको चुनौती समाज जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन समाज प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित समाज २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समुहको १०औँ साधारण सभा सम्पन्न

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १३ कार्तिक ।

कपिलवस्तुकाे गाैेतमबुद्ध साझेदारी बन उपभोक्ता समुहको १०औँ साधारण सभा सम्पन्न भएको छ ।  बिहिबार विजयनगर गाउँपालिकाकाे सभाहल खडैचामा आर्थिक वर्ष २०८१/०८२ काे साझेदारी बनकाे साधारण सभा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै  लुम्बिनी प्रदेशका सांसद तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले बन र मान्छे एक अर्काकाे पुरक भएको बताउँदै वृक्षारोपण गर्नुपर्ने कार्यमा जाेड दिए । उनले यस आफु साझेदारी बनकाे उपभोक्ता समुुहकाे अध्यक्ष भएको बेला धेरै अतिक्रमित क्षेत्रलाई हटाएको दाबी गरे ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले संरक्षण र विकासका लागि बन र गाउँपालिकाले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै बनसँग साझेदारी गर्न तयार रहेको बताए । जलवायु परिवर्तनका कारण दिनप्रतिदिन मानवीय जीवनमा असर पर्दै गएकाे हुँदा सबैले बन संरक्षण अभियानमा लाग्नुपर्नेमा जाेड दिए । अध्यक्ष थापाले सामाजिक गतिविधिलाई अगाडी बढाउन स्थानीय तहसँग जाेडेर हरेक सेवा-सुविधा नागरिकसम्म पुर्‍याउन सुझावमसेत दिए ।

यसैगरी डिभिजनल बन कार्यालयका सिनियर बन अधिकृत महेन्द्रराज वाग्ले प्रदेशकाे कानुन अनुसार राष्ट्रिय बनलाई व्यवस्थापन गर्दै बढिरहेको बताउँदै बनकाेे संरक्षण र विकासमा सबै जिम्मेवारी भई आफ्ना कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता भएको बताए । उनले २ सय ८८ हेक्टर क्षेत्र बन अतिक्रमण भएको जिकिर गर्दै आम नागरिक सचेत भए मात्र बन अतिक्रमण हटाउनुकाे साथै वृक्षारोपण गरि बन विकास गर्न सकिने तर्क गरे ।

यस्तै गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष प्रवेज आलम खानले पुनरुत्पादन कटान प्लटसहित विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलाे मिटरमा अग्नि रेखा निर्माण तथा मर्मत स्तराेन्नती र अतिक्रमण व्यवस्थापनका लागि विभिन्न ठाउँमा ७२.६२ हेक्टरमा काँडे तारबार सहित वृक्षरोपण बताए ।

गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समुहकी उपाध्यक्ष सिमा अर्यालले आर्थिक २०८१/०८२ काे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीसँगै आगामी कार्ययोजनालाई बनले कार्यान्वयनमा जाेड दिएकाे प्रतिवेदनमार्फत जानकारी गराइकी थिइन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP