काठमाडौँ : सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ।
संघीय सरकारले टुक्रे योजनाका बजेट कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति बिहीवार बसेको राष्ट्रियसभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो। समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेट कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने बताए। कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टीकरण माग्ने उनले जानकारी दिए.
उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए। उनले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात् आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल भएको जानकारी दिए। उनले समितिमा विगतमा भइरहेका छलफललाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए।
शेर्पाले भने, ‘राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुन्छ, त्यसमा शान्ति सुरक्षाको विषयमा के छ, त्यो सम्बन्धमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ। धेरै बजेट कटौती भएको छ, त्यो सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराउने प्रयास गर्छौं।’
उनले राष्ट्रियसभाको बैठक पनि छिटै सञ्चालन हुने बताए। जेनजी आन्दोलन पश्चात पहिलोपटक समितिको बैठक बसेको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया