Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले युएईलाई दियो २ सय ३४ रनको चुनौती

 

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएईले) विरुद्धको खेलमा नेपालले जितका लागि २ सय ३४ रनको चुनौती दिएको छ।

दुबईमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै १० विकेट गुमाउँदै २ सय ३३ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे।

१ सय ३० बल खेलेका रोहितले ५ चौका र दुई छक्का प्रहार गर्दै १ सय ९ रनको महत्वपूर्ण योगदान गरे।

उनको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय शतक हो। यसअघि उनले पपुवान्यूगिनि (पीएनजी) विरुद्ध शतक प्रहार गरेका थिए।

युएईविरुद्ध आसिफ शेखले ३५,आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउँदा गुल्सन झा शून्यमा आउट भए।

करण केसीले १३,कुशल भुर्तेलले ७,सोमपाल कामीले ६ र भीम सार्कीले ३ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

केहीबेरमा युएईले जवाफी व्याटिङ गर्नेछ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP