काठमाडौँ : म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आजसम्म १६२ जनाको उद्धार गरिएको छ।
अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नभएको र सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्राप्त विवरणअनुसार अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेस क्याम्पतर्फ गएको थियो।
सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १६२ जनाको उद्धार गरेको हो।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया