काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य नभएको बताएका छन्। अपाङ्गता भएका व्यत्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरूमाथिको विभेद अन्त्य हुन नसकेको बताएका हुन्।
मन्त्री खरेलले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको बताउँदै तीमध्ये गम्भीर रुपमा अपाङ्गता भएका व्यक्तिहरू डेढ लाख जति भएको उल्लेख गरे। गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था नाजुक रहेको भन्दै उनले उनीहरूलाई राज्यले सहयोग गर्न नसकेको बताए।
देशमा संघीयता आए पनि अपाङ्गता भएका व्यक्तिहरूले संघीयताको महसुस गर्न नपाएको उनको भनाइ छ। उनीहरूले प्रयोग गर्ने समाग्रीहरू अझै पनि स्थानीय तहहरूमा सहज रुपमा नपाउने गरेको बताए।
यस्तै मन्त्री खरेलले राज्यका संयन्त्रहरू पनि अपाङ्गतामैत्री नभएको उल्लेख गरे। उनले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिए। त्यसको लागि आवश्यक सुझाव दिन आग्रह पनि उनकाे छ। उनले सरकार अपाङ्गता भएका व्यक्तिहरूको समस्याका बारेमा गम्भीर रहेको बताए।
मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गरे। सोहीअनुसार सरकारले आफ्नो काम अगाडि बढाइरहेकाे उनले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया