काठमाडौँ : राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यालय मधेश प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा लोसपाका मधेश प्रदेशसभा सदस्य जयनुल राइन रहेका छन् भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी छन्।
जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ। मधेश प्रदेशमा चारवटा सिटका लागि उम्मेदवारी दर्ता हुँदै छ।
दलित, अल्पसंख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदै छ। मधेश प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया