Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देउवा पक्षका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त भण्डारीले विधिसम्मत निर्णय

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् ।

आधिकारिकता दाबी गर्दै कागजात बुझाउन गएका देउवा पक्षका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त भण्डारीले विधिसम्मत निर्णय दिने बताएका हुन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र विशेष महाधिवेशन भनेर गरिएका गतिविधिलाई कांग्रेसले नचिन्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्छ । विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सहितको टोलीले निर्वाचन आयोग पुगेर विवरण अद्यावधिकका लागि निवेदन दिइसकेको छ । जसमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने लगायतका विषय समावेश छन् ।

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस अन्तिम साता विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगको ध्यानाकर्षण गराएको हो ।  अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP