Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उम्मेदवार बनाउन लालवीर चौधरीलाई प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट बर्दिया-२ मा उम्मेदवार बनाउन लालवीर चौधरीलाई प्रस्ताव गरिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गरेकी नाउपा तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठले ससुरा समेत रहेका लालवीरलाई बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन प्रस्ताव गरेकी हुन् ।

नाउपा विभाजनपछि छोरा रेशम चौधरी पक्षमा उभिएका उनलाई रञ्जिताले नेकपाबाट चुनाव लड्न तयारी अवस्थामा रहन भनेकी हुन् । श्रेष्ठले ससुरा लालवीरलाई जसरी पनि सुरक्षित गर्ने भन्दै उम्मेदवार बनाउने नेकपाका नेताहरूसँग लबिइङसमेत गरिरहेकी छन् ।

कैलालीमा रहेका लालवीरले नेकपाबाट उम्मेदवार बन्नका लागि बुहारी रञ्जिताले प्रस्ताव गरेको सुनाएका छन् । ‘केही महिनादेखि म गाउँमै छु । हिजो मात्र बुहारी रञ्जिताले फोन गरेर तपाईं बर्दिया-२ मा नेकपाबाट उम्मेदवार बन्नुपर्छ, तयार हुनुहोला भनिन्,’ लालवीरले भने, ‘मैले टिकट पाइने भएपछि ठिकै छ भनेको छु । बुहारीले नै प्रस्ताव गरेपछि नाइँ भन्ने कुरा भएन ।’

तत्कालीन नागरिक उन्मुक्ति पार्टी भित्रको विभाजन र राजनीतिक घटनाक्रमका बखत रेशमसँगै रहेका लालवीरलाई रञ्जिताले उम्मेदवारका रूपमा अघि सारेपछि विगतका विवादबारे प्रतिक्रिया नदिएको उनी बताउँछन् ।

यद्यपि यही क्षेत्रमा कविराम चौधरीको पनि नाममाथि पनि छलफल भइरहेको छ ।

को हुन् लालवीर चौधरी ?

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लालवीर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । बर्दिया-२ मा माओवादीका सुरेश पन्थलाई १३६ मतले पराजित गर्दै उनी निर्वाचित भएका थिए । २६ हजार ५२० मतसहित चौधरी विजयी हुँदा माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका थिए ।

रेशम चौधरीले डिल्लीबजार कारागारबाट अध्यक्ष रञ्जिता श्रेष्ठमार्फत निर्वाचनमा होमिएका बेला बुवा लालवीर भने स्वतन्त्र उम्मेदवार थिए । बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी त्यतिन्जेलसम्म छोरा-बुहारीले स्थापना गरेको पार्टीको साधारण सदस्यसमेत थिएनन् ।

तर, ८ पुस २०७९ काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा लालवीर नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारमै रहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले नै लालवीरलाई अबीर र खादा लगाउँदै पार्टीमा स्वागत गरेकी थिइन् ।

हुन त लालवीरले रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर नाउपाकै समर्थनमा चुनाव जितेका थिए । तर पार्टी अध्यक्ष श्रेष्ठको हातबाट खादा र टीका लगाएर पार्टी प्रवेश गरेको साढे २ वर्ष नबित्दै लालवीरले १५ साउन २०८२ मा नाउपाको राष्ट्रिय भेलाबाट अध्यक्ष बने भने रञ्जितालाई बर्खास्त गरेका थिए ।

त्यो बेला संरक्षक रेशम चौधरीले श्रीमतीलाई हटाएर बुवा अध्यक्ष बनाउने कुरा नौलो नभएको धेरैको बुझाइ थियो।

एमालेको टिकटमा चुनाव हारेका थिए

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को पृष्ठभूमिबाट राजनीतिमा आएका लालवीर चौधरी बर्दियाका बासिन्दा हुन् । उनी २०३१ सालपछि मात्र बसाइसराइँ गरी कैलाली आएका थिए ।

जानकी गाउँपालिका-६ को जगतपुरमा स्थायी बसोबास रहेका लालवीर चौधरी कैलाली आएपछि पनि राप्रपामै क्रियाशील थिए । तर क्षेत्र नम्बर १ का एमाले नेताहरूले उनलाई पार्टीमा भित्र्याएका थिए । झन्डै १४ वर्ष जमरा कुलोको अध्यक्ष बनेर काम गरेको चौधरी स्थानीय स्तरमा चल्दाफुर्ता नेताका रूपमा चिनिन्थे । तर केही वर्षअघि भएको रानी जमरा कुलरिया मूल नहरको चुनावमा भने उनी पराजित भएका थिए ।

पार्टीको भूमिकामा खासै नबसेका लालवीरलाई एमालेले २०७४ सालको निर्वाचनमा आधिकारिक टिकट दिने निर्णय लिएको थियो । फलतः लालवीरलाई एमालेले कैलाली-१ को प्रदेश सभा (क) मा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव जित्न सकनेन् । उनी राष्ट्रिय जनता पार्टीका कृष्णलाल चौधरीसँग पराजित भए ।

लालवीर एमालेबाट चुनाव लड्दै गर्दा टीकापुर घटनाको मुख्य अभियोग लागेर फरार रहेको अवस्थामा उनका छोरा रेशमलाल चौधरीले भने प्रतिनिधिसभामा वारेसमार्फत उम्मेदवारी दिएका थिए । चुनावी प्रचारसमेत नगरेका चौधरीले फरार रहेकै अवस्थामा चुनाव जितेका थिए । लालवीरको स्वभावबारे जानकारहरूका अनुसार उनले क्षमतावान र आम रूपमा सबैसँग मिल्ने व्यक्तिको छवि स्थापित गरेका छन् ।  अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP