काठमाडौ : एन्फा राष्ट्रिय लिग फुटबलमा सङ्कटा क्लबले आइतबार सुर्खेतको काँक्रेविहार युथ क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।
सङ्कटाको दुई खेलबाट चार अङ्क भएको छ। पहिलो खेलमा सङ्कटाले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा खेलेको थियो।
च्यासलको खेल मैदानमा भएको खेलमा सङ्कटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले गोल गरे। काँक्विरेहारको भने यो लगातार दोस्रो हार हो। एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिग खेल्न योग्य भएको काँक्रेविहार यसअघि फ्रेन्ड्स क्लबसँग ३–१ ले हारेको थियो।
यसै गरी सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबले टोखाको श्री भगवती क्लबलाई ४–० ले पराजित गर्यो। सो खेलमा ह्यामिल्टन र धर्मेन्द्रले दुई÷दुई गोल गर्नुभयो।
खेलको पहिलो मिनेटमा ह्यामिल्टन र चौथौ मिनेटमा धर्मेन्द्रले गोल गरेपछि जावलाखेललाई खेल सहज बनेको थियो । त्यसपछि खेलको ५७ औँ मिनेटमा धर्मेन्द्रले र अतिरिक्त समयमा ह्यामिल्टनले गोल थपेर जावलाखेललाई फराकिलो जित दिलाए।
आइतबार नै भएको खेलमा विभागीय टोली एपीएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया