Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साफ महिला यु(१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं : पोखरामा आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु(१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ।

मंगलबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३ बजे हुनेछ। त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ।

एक दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानसँग खेल्नेछ। त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ। सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। सबै खेल पोखरा रंगशालामा हुनेछन्।

सुमन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोली पछिल्लो दुई सातायता प्रतियोगिताका लागि तयारी गरिरहेको छ। मंगलबार नै अन्तिम २३ सदस्यीय टोलीको घोष्ण भएको छ।
617706763_1197150139244136_6394084423733624962_n-1768963944.jpg

सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ।

यसअघि सन् २०२४ मा नेपालले साफ यु–१६ च्याम्पियनसिप आयोजना गरेको थियो। त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो।

नेपाल माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP