Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापामा बालेनको उल्टो शैली: मतदाताका घर गएनन्

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) ले ठिक उल्टो शैलीमा चुनावी अभियान सञ्चालन गरेका छन्।

अन्य उम्मेदवार मतदाताका घरघर धाइरहेका बेला बालेन भने आफ्नै डेरामा ‘घरदैलो’ गरिरहेका छन्।

बुधबार बालेनको डेरा परिसरमा उनलाई हेर्न, भेट्न र फोटो खिच्नहरूको निकै भिडभाड देखिन्थ्यो।

मत माग्न नेताहरू मतदाताका दैलोमा पुग्ने चलनको ठिक उल्टो दृश्य देखिएपछि दमकमा बालेन शैलीको चर्चा चल्न थालेको छ।

मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन दमक-५ स्थित लक्की सिटौलाको घरमा सम्पर्क कार्यालय खोलेर बसेका छन्।

उनले त्यहीँ बुधबार दिनभर शुभचिन्तकहरूसँग भेट/संवाद गरे।

बालेनको सचिवालयले भने बुधबार बिहान घरदैलो भनेर केही तस्बिर सार्वजनिक गरेको थियो।

त्यसपछि बालेनले दिनभर आफ्नै डेरामा आएका समर्थक तथा शुभचिन्तकसँग भेट गरे।

बुधबार बिहानदेखि साँझसम्म झन्डै ३ हजार मानिस उनलाई भेट्न गएको सुरक्षा स्रोत बताउँछ।

बालेनकहाँ गएकाहरू उनको कुरा सुन्न भन्दा पनि आफ्नै कुरा राखेर फर्किएका थिए।

भेटघाटका क्रममा बालेनले आफ्ना चुनावी एजेन्डा र गतिविधिबारे कुरै राखेनन्।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP