Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तु–१ मा काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने आशिष शर्मा  

 

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेसबाट नेता अतहर कमाल मुसलमान उम्मेदवार रहेको यस क्षेत्रमा काग्रेसकै युवा नेता कपिलवस्तु माझ लोकप्रिय आशिष शर्माले उम्मेदवारी दिएपछि यहाँको निर्वाचन राष्ट्रिय चासोको केन्द्र बनेको छ।

विशेष महाधिवेशन पहिले काग्रेसबाट टिकट पाउने पक्कापक्की भइसकेका आशिष शर्माले टिकट नपाएपछि हिजो औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । काग्रेसको आधिकारिक उम्मेदवार अतहर कमाल मुसालमानले टिकट पाएपछि उनले स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दर्ता गराए । कपिलवस्तुको क्षेत्र नं १ बाट नेपाली कांग्रेसमा अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि विजयी भएका र युवा माझ लोकप्रिय युवा उम्मेद्वार आशिष शर्माको स्वतन्त्र उम्मेदवारीलाई कपिलवस्तु जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगाएत दलहरु पनि आशिष शर्मा बागी उठेपछि जित्न सहज हुने अपेक्षा गरेका छन् । त्यसो त हाल कांग्रेसबाट टिकट पाएका अतहर कमाल २०७० काे निर्वाचनमा कांग्रेस उम्मेद्वार कांग्रेस नेता राजेश आचार्य विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएपछि चर्चामा आएका नेता हुन् ।

२०७४ मा कांग्रेसबाट समानुपातिक सूचीका पूर्व सांसद समेत हुन् । गत निर्वाचनमा कमालको जोडबलमा कांग्रेसले कमालकी श्रीमती दिना उपाध्याय कमाल लाई मुस्लिम समुदायबाट समानुपातिक सूचीमा राखेको थियो यद्यपी उनी सांसद हुन भने पाइनन्।

स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माले कपिलवस्तु क्षेत्र नं १ वासीको मागलाई नकार्न नसकेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताए ।

को हुन आशिष शर्मा ?

४६ वर्षीय आशिष शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा उदाउँदै गरेका त्यस्ता युवा नेता हुन्, जसले व्यवसायिक सफलता, संस्थागत अनुभव र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा जोड्ने प्रयास गरी रहेका छन्। कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी स्वदेशमै दीर्घकालीन योगदान गर्ने बाटो रोजेका हुन्।

१४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ।

संस्थागत नेतृत्वको हिसाबले शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध रहँदै नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा सक्रिय रहेका छन् । नेपाल व्यवस्थापन संघको सदस्यका रूपमा तथा विभिन्न कम्पनीका बोर्डमा सेवा र सञ्चालकको जिम्मेवारी सम्हाल्दै उनले सुशासन र सामाजिक उत्तरदायी नेतृत्वको अभ्यास गरीरहेका छन्।

वित्तीय क्षेत्रको नियमन र सञ्चालनमा पनि शर्माको उपस्थिति उल्लेखनीय छ। शर्माले हिमालयन बैंक लिमिटेडका निर्देशक, नबिल बैंक लिमिटेड मा काम गरेको तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा कार्य गरिसकेका छन्।

यस्तै, अध्यक्षका रूपमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा नेपाल बीमा नियामक निकाय बीमा समितिमा रही कार्य गरेको अनुभव पनि शर्मासँग छ। हाल शर्मा हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्यसमेत हुन्।

कपिलवस्तु जिल्लालाई विशेष महत्व दिँदै शर्माले कपिलवस्तु जिल्लाको बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा।लि। स्थापना गरी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। यसले कपिलवस्तु जिल्लामा कृषि उत्पादनको संरक्षण, बजार सुनिश्चितता र रोजगारी सिर्जनामा नयाँ सम्भावना खोलेको छ।

राजनीतिक रूपमा आशिष शर्मा नेपाली कांग्रेस कपिलवस्तुका सक्रिय र युवा माझ लोकप्रिय युवा नेता हुन्। कांग्रेसबाट गत महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं १ बाट सबैभन्दा धेरै मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु उनको पार्टी भित्रको विश्वास र संगठनात्मक क्षमताको उदाहरण हो। नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि शर्माको नाम पहिलो नम्बरमा सिफारिस गरेको भएता पनि केन्द्रले उनलाई टिकट भने दिएन ।

मृदुभाषी, मिलनसार र विचारमा स्पष्ट शर्माले राजनीति सेवा, विकास र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता राख्छन्। पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा शर्मा नेपाली राजनीतिमा जेन–जी पुस्ताको प्रतिनिधि पात्रका रूपमा कपिलवस्तु जिल्लाका युवाहरुले लिएका छन्। अनुभव र युवाशक्तिको संयोजनमार्फत कपिलवस्तुको समृद्धि र परिवर्तनको यात्रामा आशिष शर्मा सम्भावित र क्षमतावान लिडरको रूपमा अघि बढिरहेका छन्।  वैखरी 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP