Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सर्लाही-४ पुगेर गगन थापाले भने- ‘दुई लाइन रटेर स्थानीय भाषाको नाटक गर्दिनँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन्।मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने स्पष्ट पारे।

थापाले अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि छु–मन्तर भएर हराउने प्रवृत्ति आफूमा नभएको जिकिर गरे। उनले आफूलाई कार्यकर्ताहरूले सम्बोधनका क्रममा स्थानीय भाषाका दुई–चार शब्द बोल्न सुझाव दिएको बताए । तर उनले केवल ताली पाउनका लागि मात्र आफूले ‘नाटक’ नगर्ने बताए।

‘मलाई साथीहरूले यहाँको भाषामा दुई लाइन बोल्नुपर्छ भन्नुभयो, तर म रातभरि रटेर एकछिनका लागि यहाँको भाषा बोलेको जस्तो गर्न चाहन्न,’ थापाले भने, ‘म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना वा एक वर्ष लागोस्, म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु।’

उनले आफू काठमाडौंको सांसद हुँदा गैर–नेवार भएर पनि त्यहाँको नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा घुलमिल भएर विश्वास जितेका स्मरण गर्दै त्यसरी नै सर्लाहीको समुदायले पनि आफूलाई आफ्नो मान्छे ठानेर स्वीकार गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

आफू नौटङ्की र चटके कुरा गर्न नजान्ने भन्दै थापाले सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए। उनले आफू तीन दिनसम्म सोही क्षेत्रमा बस्ने, त्यसपछि काठमाडौं गएर पार्टीको काम सकेर पुनः फर्कने र सकेसम्म धेरै समय जनताको घरदैलोमा बिताउने योजना सुनाए।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP